२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


टी–२० विश्वकप : सुपर १२ का खेल सुरु हुँदै

आज अष्ट्रेलिया र दक्षिण अफ्रिका तथा वेष्ट इन्डिज र इंग्ल्याण्ड भिड्दै

0
Shares

काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकपमा आज(शनिबार)देखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् ।

पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका छन् । यससँगै सुपर १२ को समीकरण पूरा भएको हो । सुपर १२ मा टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ ।

जसअन्तर्गत आज दुई खेल हुँदैछन् । सुपर १२ को समूह एकअन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार पौने चार बजे यूएईको अबुधाबीमा सुरु हुनेछ ।

यस्तै समूह एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इंग्ल्याण्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । समूह एकमा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन् ।

यस्तै समूह दुईमा भारत, पाकिस्तान, न्यूजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।