१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज ल्याउछौं– कानुनमन्त्री बडू


0
Shares

कञ्चनपुर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले बाढीपहिरो पीडितका लागि विशेष राहत प्याकेज ल्याउने बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेस कञ्चनपुरले गरेको कार्यक्रममा उहाँले विनियोजित बजेटलाई कटौती गरेर भए पनि बजेट छुट्याउने बताउनुभयो । त्यसका लागि सरकारले तयारी गरेको मन्त्री बडुको भनाइ छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाएर भए पनि सरकारले राहत र क्षतिपूर्ति दिने उहाँको भनाइ थियो । मन्त्री बडुले बाढीग्रस्त पहाडी जिल्लाको अवस्था झन् पीडादायी भएको भन्दै बस्ती स्थानान्तरणको चुनौती थपिएको बताउनुभयो ।