
बैतडी । सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएका प्राकृतिक विपद्को घटनामा परेर शनिबार अपरान्हसम्म ३५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विपद्बाट सबैभन्दा बढी मानवीय क्षति डोटीमा भएको छ । त्यहाँ १६ जनाको मृत्यु भएको हो । बझाङमा दश, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपद्मा परेर प्रदेशका २३ जना अझै बेपत्ता छन् । बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक/एक बेपत्ता रहेका हुन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक/एक जना गरी १७ जना घाइते भएका छन् ।
बाढी, पहिरो र डुवानमा परेर एक सयभन्दा बढी पशुचौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् । पहिरोले बझाङमा १२, डोटीमा ६ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्ण क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्