२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अवैध रूपमा अमेरिका प्रवेश गर्ने १७ लाख मानिस पक्राउ, बाइडेनको नीतिमाथि प्रश्न


13
Shares

एजेन्सी । पछिल्लो १२ महिनामा मेक्सिकोको सीमाबाट अवैध रूपमा अमेरिका प्रवेश गर्ने १७ लाख मानिस पक्राउ परेका छन् । एक वर्षमा अवैध रूपमा अमेरिका प्रवेश गर्नेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

अमेरिकाको कस्टम्स एण्ड बोर्डर प्रोटेक्सनको तथ्याङ्कअनुसार पक्राउ परेकामध्ये १० लाखभन्दा धेरैलाई मेक्सिको वा उनीहरूको आफ्नै मुलुक फिर्ता पठाइएको छ । महामारी तथा प्राकृतिक विपत्तिलगायत कारणले अवैध रूपमा अमेरिका प्रवेश गर्नेको संख्या बढेको हो ।

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार एजेन्टहरूले १ सय ६० मुलुकका मानिसलाई अवैध रूपमा अमेरिका प्रवेश गराउँदै आएका छन् । आप्रवासीबारे लिएको नीतिको कारण अमेरिकी राष्ट्रपति जो बाइडेनको लोकप्रियता खस्किएको छ ।

बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा मानवीय नीति लिँदै आएका छन् । यद्यपि अमेरिका–मेक्सिको सीमामा देखिएको संकटले भने उनको नीतिमाथि प्रश्न उठेको हो ।