१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाकिस्तानद्वारा भारतसँग भिड्ने १२ सदस्यीय क्रिकेट टोली घोषणा


0
Shares

काठमाडौं । आइतबार भारतविरुद्ध हुने टी–२० विश्वकप क्रिकेटका लागि पाकिस्तानले आफ्नो टोलीको घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा पाकिस्तानले १२ खेलाडी घोषणा गरेको हो ।

टोलीमा आजमसहित मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, इमाद वसीम, शादाब खान, शाहीन अफ्रिदी, हसन अली, हरीस रऊफ र हैदर अली रहेका छन् ।

सुपर १२ राउन्डमा दुई टोलीको यो पहिलो खेल हुनेछ । हालसम्म दुई टोलीबीच टी–२० को ५ खेल भएका छन् । भएका सबै खेलमा भारत विजयी भएको छ ।

भारत विराट कोहलीको कप्तानीमा मैदानमा उत्रनेछ । भारतले आइतबार मात्र टोलीको घोषणा गर्ने बताइएको छ । यो विराट कोहलीको कप्तानीमा खेलिने अन्तिम टी–२० प्रतियोगिता हुनेछ ।