
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । सुपर १२ को पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो ।
१ सय १९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले बल बाँकी छँदै लक्ष्य भेट्टायो । उसका लागि स्टिभ स्मिथले ३५, मार्कस स्टोयनिसले अविजित २४ रन बनाए ।
ग्लेन म्याक्सवेल १८ रनमा आउट हुँदा म्याथू वेडले अविजित १५ रन जोडे । दक्षिण अफ्रिकाका एनरिच नोर्टजले दुई तथा कागिसो रबाडा, केशव महाराज र टब्राज शाम्सीले एक–एक विकेट लिए ।
त्यसअघि युएईको अबुधावीस्थित जायद क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन मात्र बनाउन सक्यो ।
उसका लागि एडेन मारक्रमले ४०, कागिसो रबाडाले १९ तथा डेबिड मिलरले १३ रन बनाए । अन्य खेलाडीको ब्याटिङ खासै चल्न सकेन । अस्ट्रेलियाका मिचेल स्टार्क, जोश हज्लेवुड र एडम जाम्पाले समान दुई–दुई विकेट लिए ।
जितसँगै समूह एक बाट अस्ट्रेलियाले दुई अंक बटुलेको छ ।
प्रतिक्रिया दिनुहोस्