१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनुपम खेरसहितको ‘उचाईं’ टीम मनाङमा


0
Shares

काठमाडौं । बलिउड अभिनेता अनुपम खेरसहितको फिल्म ‘उचाईं’को टोली मनाङ पुगेको छ ।

एभरेष्ट बेस क्याम्पमा भएको चलत्रिको छायांकन सकेर थप छायांकनका लागि टोली मनाङ पुगेको हो । टोलीले सोलुखुम्बुमा दुई साता सुटिङ गरेको थियो ।

सुटिङको क्रममा अभिनेता अनुपम खेरले नेपाल र यहाँका विभिन्न संस्कृतिसँग नजिक हुने गरेका छन् । उनले स्थानीय बालबालिकासँग कुराकानी गर्दै नेपाली गीत गाउन लगाएका थिए ।

चार दिन अघि सोलुखुम्बुबाट फिल्मकाे टाेली काठमाडौं फर्किएकाे थियाे । काठमाडौंमा रहँदा अभिनेता खेरले आफ्नो पुरानो साथी नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कलाई पनि भेट गरे । इन्टाग्राममार्फत् आफूहरूमा मनाङमा रहेको जानकारी गराएका छन् ।