१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टर्कीले १० मुलुकका राजदूतको कूटनीतिक हैसियत हटायो, जर्मन, फ्रेन्च र अमेरिकी राजदूत पनि निशानामा


0
Shares

एजेन्सी । टर्कीले नेटो आवद्ध १० मुलुकका राजदुतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । यो निर्णयसँगै १० राष्ट्रका राजदुतहरुमाथि जुनसुकै मुद्दामा छानवीन तथा कारबाही अघि बढाउन पाइने भएको छ ।

राष्ट्रपति रिसेप तेयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्सलगायत १० राष्ट्रका राजदुतहरुलाई ‘पर्सना नन् ग्राटा’ मा राख्दै उनीहरुको कुटनीतिक हैसियत खोसेका हुन । आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति एर्दोगानले बिदेशी हस्तक्षेप आफुलाई स्वीकार्य नहुने बताए ।

ती देशहरुले बिगत चार बर्षदेख टर्कीको कारागारमा रहेका अभियन्ता ओस्मान कवलाको रिहाइको मागसहित बक्तब्य जारी गरेपछी राष्ट्रपति एर्दोगानले उक्त निर्णय गरेको बुझिएको छ । कबलाकै नेतृत्वमा राष्ट्रपतिलाई सत्ताच्युत गर्नुपर्ने माग सहित चार बर्ष अघि देशभर बिरोध प्रदर्शन भएको थियो ।

अमेरिका, क्यानाडा, फ्रान्स, फिनल्याण्ड, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदुतहरुले गत साता संयुक्त बक्तब्य जारी गरी कबलाको रिहाईको माग गरेका थिए । यसअघि युरोपका सम्पुर्ण मानव अधिकारबादी संस्थाहरुले कबाला निर्दोेष रहेको भन्दै उनको रिहाई नगरे गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी टर्कीलाई दिएका थिए ।