२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्री प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकन गर्न जाँदै


0
Shares

congress sher bahadur deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले गत बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गर्नुभएको थियो । गत असोज ३१ गतेदेखि परेको अविरल बर्षाले देशका विभिन्न स्थानमा ब्यापक धनजनको क्षति गरेको छ ।

सरकारले तत्कालका लागि अस्थायी आवास बनाउन बाढीपहिरो प्रभावितलाई ५० हजार दिने बताएको छ ।