२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रसंघ स्थापना दिवस : सेनाले विशेष कार्यक्रम गर्दै


0
Shares

काठमाडौं । आज संयुक्त राष्ट्रसंघ स्थापना दिवस । यसै अवसरमा नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा विशेष कार्यक्रम आयोजन गर्ने भएको छ ।

राष्ट्रसंघ स्थापना दिवसको अवसरमा केन्द्र परिसरमा झण्डोत्तोलनका साथै शान्ति स्थापना कार्यमा खटिने क्रममा ज्यान गुमाएका सैनिकको योगदान स्मरण गरी सम्मान प्रकट गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा शान्ति मिसनमा खटिएकै बेला बिद्रोहीको गोली लागी निधन भएका मानार्थ प्रमुख सेनानी कबिन्द्र थापालाई प्रदान गरिएको ड्याग ह्यामर शोल्ड मेडल थापाको परिवारबाट केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ ।

कार्यक्रममा रक्षामन्त्री मिनेन्द्र रिजाल, प्रधानसेनापति प्रभुराम शर्मा, नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासिय संयोजक सारा बेइसोलो न्यान्तीलगायत सहभागी हुनेछन् ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले योगदान पुर्याउँदै आएका छन । हालसम्म ४३ वटा शान्ति मिसनमा १ लाख ३५ हजार ३ सय ९९ नेपाली सैनिक सहभागी भईसकेका छन् भने अहिले १२ वटा मिसनमा १ सय ८१ महिला सहित ५ हजार १ सय ६८ सुरक्षाकर्मी तैनाथ छन् ।