२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप क्रिकेट : आज बंगलादेश र श्रीलंका, भारत र पाकिस्तानबीच सनसनीपूर्ण भिडन्त


0
Shares

एजेन्सी । विश्वकप टि ट्वान्टी क्रिकेटमा आज एसियाका चार टोलीहरु बंगलादेश, श्रीलंका, भारत र पाकिस्तानको खेल हुँदैछ ।

युएईको सारजहाँमा नेपाली सयम अनुसार दिउसो पौने ४ बजे हुने खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ । उता दुबइमा बेलुकी पौने ८ बजे भारत र पाकिस्तान भिड्नेछन् ।

विश्वकप टि–ट्वेन्टी क्रिकेटमा हिजो इंग्ल्याण्ड र अष्ट्रेलियाले सहज जित निकालेका छन् । समुह १ को खेलमा इंग्ल्याण्डले साविक विजेता वेष्ट इंडीजलाई ६ विकटले हरायो ।

दुबइमा टस हारेर पहिले व्याटिङ गरेको वेष्ट इंडीजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन मात्रै बनाउन सक्यो । क्यारेबीयन टोलीको इनिङ ध्वस्त पार्नेक्रममा इंग्ल्याण्डका आदिल रासिदले ४ विकट लिए ।

जवाफमा ५६ रनका सामान्य चुनौती इंग्ल्याण्डले नवौं ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि जोस बट्लरले अविजित २४ रन जोडे । हिजोको पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकटले हराएको थियो ।