२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाढी, पहिरो र डुबान पीडितका लागि विशेष प्याकेज ल्याउने प्रधानमन्त्रीकाे घोषणा


0
Shares

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताउनु भएको छ।

आज प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा सुनसरीको इटहरी पुग्नुभएका प्रधानमन्त्री देउवाले किसानलाई विशेष राहत प्याकेज घोषणा गर्ने बताउनुभयो ।

खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उहाँले पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीको प्रशंशा समेत गर्नुभयो । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताउनुभयो ।