१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिभरपुलद्धारा म्यान्चेस्टर युनाइटेड पराजित


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई ५–० ले हराएको छ ।

म्यानचेस्टर युनाइटेडको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई शानदार जित दिलाउन मोहोमद सालाहले ह्याट्रिक गरेभने नाबि किएटा र डिएगो योटाले एक एक गोल थपे ।

खेलको ६० औं मिनेटमा पउल पाग्बाले रातो कार्ड खाएपछि म्यान्चेस्टर युनाइटेड १० जनामा समेटिएको थियो । जितसँगै लिभरपुलले शिर्ष स्थानको टोली चेल्सीसँगको दुरी १ अंकमा सिमित गरेको छ ।

पराजित टोली म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन सोल्सायरमाथिको दबाब भने बढेको छ । गएराति भएका अन्य खेलहरुमा लेष्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाइटेडले टोटनह्याम हट्सपरमाथि १–० को जित निकालेको छ ।

प्रिमियर लिगमा ९ खेलबाट २२ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ । समान खेलबाट २१ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिंदा २० अंकको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा झरेको छ । १७ अंकसहित वेष्ट ह्याम चौथो स्थानमा उक्लिएको छ ।