
एजेन्सी । कोलोम्बियाले कुख्यात लागु औषध तस्करीका नाइके ओटोनियललाई अमेरिका सुपुर्दगी गर्ने भएको छ । ओटोनियलले सन् २००३ देखि २०१४ को बीचमा ७३ मेट्रिक टन कोकिन अमेरिकामा तस्करी गरेको आरोप छ ।
कोलोम्बियाका रक्षामन्त्री डिएगो मोलानोले अमेरिकाले सर्वाधिक खोजी गरिरहेको ओटोनियललाई सुपुर्दगी गर्नु आफनो दायित्व भएको बताउँदै अमेरिकाले थप कारबाही गर्ने जानकारी दिए ।
कोलोम्बियामा रही बर्षाैंदेखि लागू औषध तस्करीको साम्राज्य चलाउँदै आएका ओटोनियललाई हाल बिशेष सुरक्षा घेराका बीच राजधानी बोगोटाको सैनिक अड्डामा राखिएको छ । उनलाई कोलोम्बियाको सेना र प्रहरीको सयुक्त टोलीले पक्राउ गरेको हो ।
कोलम्वियाले ओटोनियलको बारेमा जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकाले उनको टाउकोको मुल्य ५० लाख डलर तोकेको थियो ।
कोलोम्बिायामा रही बिश्वभर लागू औषध तस्करीको नेटवर्क सम्हालेका ओटोनियललाई नियन्त्रणमा लिन नसक्दा बिश्वभर लागु औषध तस्करी मौलाएको बिश्लेषण गरिएको थियो । उनको समूहमा १८ सय हतियारधारी सदस्य संलग्न रहेको बताइएको छ ।
कोलम्वियाको सवैभन्दा घातक हतियारधारी जत्थाको रुपमा ओटोनियलको समूहलाई लिने गरिएको छ । यो समूह सदस्यहरु अर्जेन्टिना, ब्राजिल, होन्डुर, पेरु, स्पेन र रुससम्म सक्रिय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्