
एजेन्सी । रुसमा कोरोना सक्रमण दर बढेपछि पुनः निषेधाज्ञा लगाईने भएको छ । आगामी नोभेम्बर ७ देखि ३० सम्मका लागि सेन्ट पिटर्सबर्गसहित मूख्य शहरहरुमा पसल लगायतका क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको हो ।
सेन्ट पिटर्सबर्गमा अति आवश्क खाद्यान्न पसल बाहेक रेष्टुराँ, क्याफे, जीम हल, सिनेमा हल तथा शैक्षिक संस्थाहरु बन्द गरिने छन् । संक्रमण दर यही रफ्तारमा बढ्दै गए अन्य शहरहरुमा पनि प्रतिबन्ध लगाउने भन्दै सचेत रहन सर्वसाधारणलाई रुस सरकारले आग्रह गरेको छ ।
रुसमा एकै दिन ३ हजार ३ सय बढीमा संक्रमण पुृष्टी भएपछी रुसले यस्तो निर्णय गरेको हो । रुसमा कोरोनाका कारण २ लाख ३० हजार ६ सय बढीको मृत्यु हँदा संक्रमितको संख्या हालसम्म ८२ लाख ४१ हजार ६ सय बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्