
काठमाडौं । हिन्दु राष्ट्र नेपाल पुनर्वहालीको माग गर्दै रुपन्देहीको भैरहवामा आजदेखि विराट धर्मसभा शुरु हुने भएको छ । विश्व ओमकार एकता महाभियानले आयोजना गरेको धर्मसभा आज र भोलि चल्ने छ ।
धर्मसभामा जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य सहित एक दर्जन बढी भारतीय धर्मगुरु सहभागी हुनेछन् । नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउने पहल तथा ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने सभाको मुख्य उद्देश्य रहेको आयोजकहरुले बताएका छन् ।
जगतगुरु शंकराचार्यले आजै धर्मसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सय भन्दा धेरै संस्थाका धर्मगुरुहरु सहभागी हुदैछन् । सभा शुरु हुनु अघि भैरहवा गल्लामण्डीको हनुमान मन्दिरबाट वृहत शोभा कलश यात्रा निकाल्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्