
सिन्धुल । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तीन जना बालिकाहरुको सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीकै विवेक मगर, शिव मगर, हेम लामा, दीपक मगर, अर्जुन मगर, धनबहादुर मगर र मिलन लामा रहेका छन् ।
उनिहरुले गत असोज ३० गते १३, १४ र १५ बर्षका बालिकाहरुको बलात्कार गरेको प्रहरीले जनाएको छ । दसैँ लागि घर र आफन्त कहाँ आएका युवाहरुको समूहले बालिकाहरुको सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्