१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु


0
Shares

काठमाडौं । दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु हुँदैछ । भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो ।

भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पु–याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएशन र इन्टरनेशनल बफेलो फेडेरेसनले कार्यक्रमको आयोजना गरेका हुन् कार्तिक १२ गतेसम्म भर्चुअल माध्यमबाट हुने भैँसी सम्मेलनमा १७ देशका विज्ञले सात विधामा १ सय ३५ भन्दा धेरै कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा तीन सय ५० भन्दा धेरै वैज्ञानिकको सहभागिता रहनेछ । वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ ।