
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा कर्मचारी बढुवा, स्थायी दरबन्दी स्वीकृत गर्ने र शिक्षक सेवा आयोगको ११औं संशोधन स्वीकृत गर्ने लगायतका एजेण्डा रहेका छन् ।
बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीहरूसँग छलफल गरिरहेका छन् । बालुवाटारमा छलफल चलिरहेको गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयले पुष्टि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्