१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१४ न्यायाधीशद्वारा फुल कोर्ट बहिस्कार गर्दै छलफलमा, बारको बैठक जारी


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका १४ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बोलाएको पूर्ण बैठक ‘फुल कोर्ट’ बैठक बहिस्कार गरेका छन् ।

प्रधानन्यायाधीको कामकारबाहीले न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै सर्वोच्चका न्यायाधीशहरूले फुल कोर्ट बहिस्कार गरेका हुन् । नेतृत्वका कारण आफूहरू पनि बदनाम भएको भन्दै उनीहरूले जबराले डाकेको बैठक बहिस्कार गरेका एक न्यायाधीशसले जानकारी दिनुभयो ।

न्यायाधीशहरू दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले सामुहिक बैठक बसेर प्रधानन्यायाधीले बोलाएको फुल कोर्टमा नजाने निर्णय गरेका थिए ।

मन्त्रिपरिषद्मा भाग खोज्नेलगायत विषयमा विवादित भएका प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने वा महाअभियोग लगाउनुपर्नेबारे न्याय क्षेत्रमा आवाज उठ्न थालेपछि सर्वोच्च अदालतका न्यायाधीशहरू अहिले छलफलमा जुटेका हुन् । उनीहरूले आफूहरू मौन बस्न नहुने र एउटा निर्णय लिनुपर्ने भन्दै पछिल्लो समय निरन्तर छलफलमा छन् ।

यसैबीच न्यायाधीशहरूले बहिस्कार गरेसँगै फुल कोर्ट बैठक स्थगित भएको छ । आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीसहितको छलफलमा प्रधानन्यायाधीशसँग राणाले बारका पदाधिकारीसहितको फुल कोर्ट बोलाउने बताउनुएको थियो । प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका न्यायाधीहरू नै विभाजित भएपछि त्यसबारे आधिकारिक धारणा तय गर्न बारको बैठक सुरु भएको हो ।