
बैतडी । कात्तिक पहिलो साता आएको वर्षाका कारण वर्षाका कारण पाइप बगाउँदा जिल्लामा खानेपानी अभाव भएको छ ।
दशरथचन्द नगरपालिका–४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको छ । सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजार भन्दाबढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
सदरमुकामबाट झण्डै ६ किलोमिटरको दूरीमा रहेको माडखोला मूहान पहिरोले पुरेको छ । बाढीले पाइप बगाएकाले खानेपानीको समस्या भएको स्थानीयको भनाइ छ । एक हप्तादेखि सदरमुकाम क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीय प्रकाश चन्दले बताउनुभयो ।
सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएपछि नेपाली सेनाले खानेपानी वितरण गर्दै आएको छ । हनुमान ध्वज गुल्मले सदरमुकामका सरकारी कार्यालय, सुरक्षा निकाय, सर्वासाधारणलाई खानेपानी वितरण गर्दै आएको हो ।
प्रतिक्रिया दिनुहोस्