
एजेन्सी । सुडानमा ‘सैन्य कू’ पछि संक्रमणकालीन सरकारका प्रमुख र सरकार समर्थित नेताहरूलाई सेनाले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री अब्दुल्लाह हमदोक र मन्त्रीहरूलाई आज उनीहरूकै घरमै नजरबन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘ज्वाइन्ट मिलिटेरी फोर्सेस’को संयुक्त कारवाहीमा नेताहरुलाई पक्राउ गरिएको बताइएको छ ।
‘सैन्य कू’ भनिएपनि सेनाले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यता राजधानी खार्तुममा नागरिकहरुलाई हिँड्न रोक लगाइएको छ भने सडकमा सेना र अर्धसैनिक बल तैनाथ गरिएको छ । यसका साथै सरकारी टेलिभिजन र रेडियो मुख्यालय पनि कब्जामा लिएको छ ।
खार्तुम विमानस्थल हाललाई बन्द गरिएको र अन्तर्राष्ट्रिय विमान सेवा रद्द गरिएको छ । त्यहाँको सूचना मन्त्रालयले सेनाको यो हस्तक्षपविरुद्द आवाज उठाउन अपील गरेको छ ।
सुडानमा वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्ट रहेको विपक्षी समूहले सेनालाई ‘कू’ गर्दै सत्ता हातमा लिन आग्रह गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्