१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मादीमा वृद्धको शव फेला


0
Shares

तनहुँ । मादी नदीमा एक वृद्धको शव फेला परेको छ ।

सोमबार व्यास नगरपालिका–५ स्थित मादीमा तैरिएको अवस्थामा व्यास नगरपालिका–१० का ७४ वर्षीय सोमे बोटेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

मादीमा शव तैरिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीको टोली पुगेर मादीबाट बोटेको शव निकालेको हो । बोटे आइतबार घरबाट बजार जान्छु भनेर हिँडेका थिए ।