
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री नियुक्ति प्रधानमन्त्रीको विशेषाधिकार भएको बताउनुभएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले मन्त्री नियुक्ति प्रधानमन्त्रीको विशेषाधिकार भएको बताउनुभयो ।
उद्योग मन्त्रीको नियुक्तिको सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री कार्कीले भन्नुभयो, ‘मन्त्री नियुक्ति सम्माननीय प्रधानमन्त्रीज्यूको विशेषाधिकार हो, उहाँले समयमा उद्योग मन्त्री नियुक्त गर्नुहुन्छ भन्ने विश्वास हामी सबैलाई छ ।’
मन्त्री कार्कीले मन्त्री नियुक्तिको विषय प्रधानमन्त्रीको विशेषाधिकार भने पनि उद्योग मन्त्रीमा एकीकृत समाजवादी र माओवादी केन्द्रले आफूलाई दिनुपर्ने माग गरेका छन् ।
प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि उद्याेगमन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री बनेको दुई दिनमै राजीनामा दिनुभएको थियो । त्यसपछि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आउनुभएको छ ।
मन्त्री कार्कीले राजदूतहरूको नियुक्ति प्रक्रिया पनि चाँडै नै टुंग्याइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्