
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने च्यासल युथ क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
एक कार्यक्रमको आयोजना गरेर क्यामरुनका २२ वर्षीय कित्वा यानिक र २५ वर्षीय मोउसा अबागानालाई अनुबन्ध गरेको हो ।
च्यासलले क्यामरुनी खेलाडीद्वयलाई एक÷एक वर्षका लागि अनुबन्धन गरेको हो । पहिलो संस्करणको नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट खेलेका दुवैले उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरूलाई अनुबन्ध गरिएको च्यासलका अध्यक्ष रमेश ब्यञ्जनकारले बताए ।
यसअघि च्यासलले नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गर्दै चर्चा लिइसकेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग नजिकिदै गर्दा क्लबहरूले खेलाडी अनुबन्ध हुने प्रक्रिया तीव्र गतिमा अगाडि बढेको छ । ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्