१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आजदेखि काठमाडौंका आठ स्थानीय तहमा एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइदै


0
Shares

काठमाडौं । आजदेखि काठमाडौंका आठ स्थानीय तहमा एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आजदेखि कार्तिक ११ गतेसम्म तिन दिनका लागि कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, कागेश्वरी, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा दोस्रो मात्रा खोप लगाइनेछ ।

पहिलो डोज एस्ट्राजेनेका लगाएका ब्यक्तिहरुले दोश्रो मात्रा लगाउन पाउने भएका हुन् । काठमाडौ महानगरपालिकामा भने भोली देखि खोप लगाइने छ । वीर, परोपकार प्रसूती तथा स्त्री रोग, वीरेन्द्र सैनिक र निजामती अस्पतालमा दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने सूचनामा उल्लेख छ ।