२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले पालिका अधिवेशन आज, सबै स्थानीय तहमा एकसाथ अधिवेशन गर्ने तयारी


0
Shares

काठमाडौं । नेकपा एमालेले देशभरका स्थानिय तहमा आज पार्टीको अधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्न लागेको हो ।

एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६ गते देशभर वडा अधिवेशन सम्पन्न भएको थियो ।

प्राविधिक कमजोरी र भौगोलिक कारणबस केहि स्थानीय तहमा सम्भव नभए पनि आज अधिकांश गाउँपालिका र नगरपालिकामा अधिवेशन हुँदैछ । सिरहाको लहान नगरपालिकामा भने आइतबार नै नगर अधिवेशन पनि सम्पन्न भइसकेको छ ।