
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि पद त्यागका लागि चौतर्फी दबाव बढेको छ ।
सर्वोच्च अदालत भित्रै एक्लिनु भएका राणामाथि नेपाल बार एशोसियसनदेखि पूर्व प्रधानन्यायाधीशहरु र वरिष्ठ अधिवक्ताहरु समेतले पद त्यागका लागि दबाव बढाएका छन् ।
सर्वोच्च अदालतमा हाल रहेका २० मध्ये १३ जना न्यायाधीश प्रधानन्यायाधीश जबराको राजिनामाको पक्षमा उभिएका छन् । राणाका गतिविधिले न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै उनीहरुले राणाले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
राणाको राजिनामा माग्ने न्यायाधीशहरूमा दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेका छन् ।
प्रधानन्यायाधीशले बोलाएको फुल कोर्टमा समेत नजाने अडान लिएका उनीहरुले आज प्रधानन्यायाधीश राणालाई भेटेर पद त्यागका लागि औपचारिक आग्रह गर्ने बुझिएको छ । पदत्यागका लागि चौतर्फी दबाव बढे पनि प्रधानन्यायाधीश राणा भने अहिलेसम्म राजिनामा नदिने अडानमा रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्