२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वायु सेवा निगमले आजदेखि अछामको साँफेवगरबाट उडान भर्ने


0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले आजदेखि अछामको साँफेबगरबाट उडान भर्ने भएको छ । निगमले आज साँफेवगर बिमानस्थलमा दुईवटा उडान भर्न लागेको हो ।

निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढी देखि साँफेबगर र साँफेबगर बाट १०ः४५ बजे धनगढीका लागि हुनेछ । दोस्रो उडान धनगढीबाट फेरि ११ः ३० बजेका लागि तय भएको र साँफेबगरबाट १२ः १५ बजे धनगढीका लागि उडान ह्नेछ ।

धनगढीबाट अछाम र अछामबाट धनगढीका लागि भाडादर ३७ सय ८५ कायम गरिएको छ । नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले उडान बन्द गरेकोमा आजबाट पुन उडान गर्न लागेको हो ।