
काठमाडौं । अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतकाे फाइजर खाेप नेपालमा आइपुगेकाे छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ ।
नेपालमा पहिलाे पटक आएकाे खाेप १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइने भएको हो । देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको छ ।
काठमाडौं उपत्यकाभित्र नौ र बाहिर १५ गरी २४ वटा अस्पतालमा खोप केन्द्र ताेकिएकाे बताइएकाे छ । यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने छ ।
सरकारले १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउने निर्णय गरेको छ। त्यसका लागि सरकारले फाइजर कम्पनीसँग ६० लाख डोज र कोभ्याक्स सविधामार्फत कस्ट सेयरिङमा ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरिसकेको छ। फाइजर खोप डिसेम्बर अन्तिमसम्म तथा सन् २०२२ को सुरुवातमा आइपुग्ने भनिएको छ।
प्रतिक्रिया दिनुहोस्