
सांकेतिक तस्वीर
काठमाडौं । काठमाडौंको कपुरधारास्थित एउटा घरबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । मुना श्रेष्ठको घरमा बस्ने मिलन कुमार राईको डेरामा खानतलासी गर्दा पेस्तोल फेला परेको महानगरिय प्रहरी बृत लैनचौरका प्रमुख दुर्गा प्रसाद दाहालले जानकारी दिनुभयो ।
लामो समयदेखि सम्पर्कमा नआएका सोलुखुम्बु देउसाका मिलन राइको कोठा खोल्न घर धनीले आग्रह गरेपछि कोठा खोलेर खानतलासी गर्दा पेस्तोल फेला परेको जनाइएको छ ।
राइ ७ महिनादेखि सम्पर्कविहिन भएको धरधनीले बताएका छन् । कोठाबाट एक थान पेस्तोल, म्याग्जीन र ४ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्