
काठमाडौं । महानगरीय प्रहरी काठमाडौंले विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने समूहलाइ पक्राउ गरेको छ ।
महानगरिय अपराध महाशाखाको टोलीले पक्राउ गरेकाहरुमा काठमाडौको कोटेश्वर बस्ने कमल थापामगर, धनलाल थापामगर र पाचथर फाल्गुनानन्द गाउँपालिकाका हरिप्रसाद रसाइली रहेका छन् ।
यो समूहले रातको समयमा राजधानीका विभिन्न सहकारी र वित्तीय संस्थाहरु तथा दिउँसोमा घरको ढोका फोरेर चोरी गर्ने गरेको अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनुभयो । उनीहरुको साथबाट चोरीमा प्रयोग हुने रड र गरगहना बरामद गरेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्