
मिरा बस्नेत
काठमाडौं । न्यायिक स्वच्छताको माग गर्दै सर्वोच्च अदालत अगाडि कानुनका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । हातमा प्लेकार्ड बोकेका विद्यार्थीहरूले न्यायाधीशहरूले इजलास बहिस्कार गरेकामा विरोध गरेका छन् ।
न्यायाधीश र प्रधानन्यायाधीशबीचको झगडाको प्रत्यक्ष असर सेवाग्राहीलाई परेको छ । सोमबार र मंगलबार प्रधानन्यायाधीशले तोकेको पेशी न्यायाधीशहरूले बहिस्कार गरेका छन् ।
साथै उनीहरूले मिडियाबाट अदालतका चलाउने हो ? भन्दै सर्वोच्चको नेतृत्वमाथि प्रश्न गरेका छन् ।
मिडिया ट्रायलकै फैसलालाई अदालतले मान्यता दिएको भन्दै उनीहरूले अदालतबाट स्थापित सिद्धान्तहरू र आफूहरूजस्तो विद्यार्थीको भविष्य के हो भन्ने प्रश्न तेर्स्याएका छन् । मिडिया ट्रायल बन्द गर्न पनि उनीहरूको माग छ ।
त्यसैगरी अदालतमा कानुन, प्रमाण र न्यायभन्दा पनि व्यक्तिगत स्वार्थ हावी भएको भन्दै उनीहरूदले अदालतको नेतृत्वप्रति आक्रोश पोखेका छन् ।
विद्यार्थीहरूले प्रदर्शन गरेको प्लेकार्डमा आफूहरू स्वतन्त्र तथा निष्पक्ष न्यायपालिका र सर्वसाधारणको हक अधिकारको पक्षमा भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्