२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबारे सोचेका छैनौं– अध्यक्ष दाहाल

‘एमालेले मलाई कति धेरै महत्व दिँदो रहेछ भन्ने कुरा चितवनका जनताले राम्रैसँग बुझ्ने भए नि त !’

0
Shares

चितवन । सत्तारुढ दलका एक घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने सोन नभएको बताउनुभएको छ ।

मंगलबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले न्यायालय र यसको स्वतन्त्रतालाई कहिँकतैबाट आँच नआओस् भन्ने कुरामा आफूहरू सचेत रहेको बताउनुभयो ।

न्यायलयभित्रको विवाद न्याय क्षेत्रबाट छिट्ट्ै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले हिजोमात्र भएको गठबन्धनका तीन पार्टीको बैठकमा महाअभियोग लगाउनेबारे छलफल नभएको स्पष्ट पार्नुभयो ।

एकजनालाई मन्त्री नियुक्त गरेको विषयले यहाँसम्म ठाउँ पाएको भन्दै अध्यक्ष दाहालले गजेन्द्र हमाल नेपाली कांग्रेसकै नेता भएका कारण मन्त्री बनाइएको प्रष्ट पार्नुभयो । तर, उहाँले राजीनामा दिएपछि नयाँ परिस्थीति बनेको बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनमा गर्नुलाई आफ्नो विजयी सुरुवातको रूपमा बुझ्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेले मलाई कति धेरै महत्व दिँदो रहेछ भन्ने कुरा चितवनका जनताले राम्रैसँग बुझ्ने भए नि त !’

साथै उहाँले काभ्रेमा जीपलाइन चढेको विषयलार्ई ठूलो इस्यू नबनाउन आग्रह गर्दै आफू सधैं जनताको दुःख, पीडामा मल्हम लगाउन सक्रिय भइरहेको बताउनुभयो ।