
नवलपुर । महानायक राजेश हमालले प्राकृतिक उपचार स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।
मंगलबार प्राकृतिक चिकित्सा पद्धतिबारे जानकारी लिन नवलपुरको रजहरमा आएका हमालले प्राकृतिक चिकित्सा पद्धति अपनाएकाहरू शारीरिक रूपमा स्वस्थ्य रहेको बताउनुभयो । यहाँको उपचारबाट केही मानिसको स्वास्थ्यमा राम्रो प्रभाव परेको देखेपछि बुझ्नको लागि आएको उहाँले स्पष्ट पारे ।
सोमबार नवलपुर आएका हमालले सामान्य जानकारी लिए पश्चात मंगलबार केहि उपचारका पद्धतिमा पनि सहभागी भएका थिए । रोग नलागेका व्यक्तिहरूले पनि उपचार लिन सकिने हुँदा यो उपचार पद्धति स्वस्थ्य जीवनको लागि आवश्यक रहेको बताए ।
आफूले सामान्य उपचार पद्धति अपनाएको बताउँदै महानायक हमालले केही समयमा परिवारसँगै प्राकृतिक उपचारका लागि आउने बताए । शिक्षा, स्वास्थ्य र रोजगारलाई राज्यले प्राथमिकता दिनुपर्ने दायित्व नै भएको भन्दै उनले प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
महानायक हमाललाई चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री, व्यवस्थापक हरि सपकोटाले चिकित्सालय र उपचारपद्धती बारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्