१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नाइजेरियाको मस्जिदमा बन्दुकधारी समूहबाट आक्रमण हुँदा डेढ दर्जनकाे मृत्यु, दर्जनौं घाइते


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको एक मस्जिदमा बन्दुकधारी समुहले आक्रमण गर्दा १८ जना मारिएका छन् । उत्तरी क्षेत्रमा रहेको माजकुका गाउँको मस्जिदमा नमाज पढिरहेका बीच गोली प्रहार हुँदा दर्जनौ घाइते भएका छन् ।

हमला फुलानी खानाबदोश चरवाह जातीय समुहले गरेको अनुमान गरिएको छ । नाइजेरियाामा पछिल्लो समय जातिय हिंसा भड्किंदा सयौंको ज्यान गईसकेको छ ।

पानी र जमीनका लागि जातीय हिंसा हुन थालेको हो । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घटना लगत्तै फरार भएका आक्रमणकारीहरुको खोजी कार्य जारी छ ।