
कैलाली । कैलालीमा गत वर्ष कार्तिक २ गते दुई जना प्रहरीको हत्या भएको घटनामा जिल्ला अदालत कैलालीले आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजया सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो भने एक जना आरोपीले सफाइ पाएका छन् ।
जन्मकैद पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का रोहित राना, राजेन्द्र राना, सुरेश राना, राजकुमार राना, रामनिवास राना, दलराम राना, रामगोपाल राना र अमर राना रहेका छन् ।
राजिब गुप्ताले भने सफाई पाएका छन । कैलालीको जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा उनीहरुलाई दोषि ठहर गरिएको हो ।
नेपालबाट भारततर्फ सामान तस्करी गर्ने यो गिरोहलाई अवरोध गरेको निहुँमा उनीहरुले प्रहरीद्वयको हत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्