
मिरा बस्नेत
काठमाडौं । प्रधानन्यायाधीशसहित २० जना न्यायाधीश रहेको सर्वोच्च अदालतमा आज चोलेन्द्रशमशेर राणाको मात्र इजलास चलेको छ ।
राणाको एकल इजलासमा आफैंले तोकेका ५ रिटमध्ये ४ वटामा सुनुवाइ भएको छ । एउटाको रिट निवदेन फिर्ता भएको छ ।
राणाको इजलासले दुई रिटमा कारण देखाऊ आदेश, एउटामा रिट खारेज र कैफियता प्रतिवेदन झिकाउने आदेश दिएको छ । प्रधानन्यायाधीश राणाले तोकेका अरु १० वटा इजलास बसेका छैनन् ।
न्यायाधीशको अघोषित बहिष्कारका कारण दुई दिनदेखि कुनैपनि इजलास बसेका छैनन । प्रधानन्यायाधीश राणाले न्यायाधीश टंकबहादुर मोक्तान र आफ्नो छुट्टाछुट्टै एककल इजलास तोक्नुभएको थियो ।
कानुन व्यवसायीले यसअघि नै प्रधानन्यायाधीश राणाको इजलासमा बहस नगर्ने निर्णय गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्