१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानन्यायाधीशले आफूमाथि लागेका आरोपको जवाफ दिनुपर्छ– पूर्वप्रधानन्यायाधीश पराजुली


0
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूमाथि लागेको आरोपको जवाफ दिनुपर्ने बताउनुभएको छ ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन जबराले आफूमाथि लागेको आरोपको जवाफ दिनुपर्ने बताउनुभएको हो । उहाँले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिनुपर्नेमा जोड दिनुभयो ।

अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको पराजुलीको भनाइ छ । उहाँले प्रधानन्यायाधीशको कुराहरू निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले लोकमान सिंह कार्कीलाई हटाएका कुराहरू कानूनसम्मत नभएको र ती न्यायाधीशहरूले कानूनसम्मत काम नगरेको बताउँदै बहालवाला प्रधानन्यायाधीशले संविधान र कानूनमाथि ज्यादती गर्न नपाइने बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य र मान्यता र नैतिकताका बारेमा सोच्नुपर्ने तर्क गर्नुभयो । रावणको अहंकारका कारण रामायणको युद्ध भएको प्रशंग निकाल्दै उहाँले पदमा भएको व्यक्ति क्षमाशील हुनुपर्ने र सुझबुझपूर्ण ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।

पराजलुलीले प्रधानन्यायाधीशले गल्ती गर्नै नपाउने भन्दै यदि उसले गरेका गल्तीहरू वस्तुनिष्ट भए सबै राजनीतिक पार्टीले छलफल गरेर निकास दिनुपर्ने बताउनुभयो । प्रधानन्यायाधीशले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने उहाँको भनाइ छ ।