१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल फुटबल खेलाडीलाई तरुण विभागको नगदसहित सम्मान


0
Shares

काठमाडौं । माल्दिभ्समा सम्पन्न १३औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिताको उपविजेता टोलीलाई नेपाली कांग्रेस तरुण विभागले नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरेको हो ।

नेपाली टोलीका खेलाडी र प्रशिक्षकहरूलाई गृहमन्त्री बालकृष्ण खाँडले सम्मानपत्र र नगद प्रदान गरे । विभागले खेलाडीलाई १० हजार र अफिसियल्सलाई ५ हजार रुपैयाँ प्रदान गरेको हो ।

साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो ।

उपविजेता बन्दै स्वदेश फर्किएको सोही टोलीलाई नगद सहित सम्मान गर्ने जनाएको हो । सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही ५/५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । यस्तै प्रशिक्षकहरूलाई ३/३ लाख दिने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।