
बागलुङ । ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङको बैंकमा कार्यरत एक युवालाई पक्राउ गरेको छ ।
कैलालीको जोसिपुर गाउँपालिका–१ का २६ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो । केही वर्ष पहिलेदेखि धर्म दिदी बनाएर तिहारमा भाइटीका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते बलात्कार गरेको आरोप छ ।
पीडित महिलाले कात्तिक १० गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्