२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुनको मूल्य तोलामा ९०० बढ्यो, ८८ हजार ६०० कायम


65
Shares

काठमाडौं, जेठ २८ । स्थानीय बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बुधबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले वृद्धि भएर तोलाको ८८ हजार ६०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलाको ८७ हजार ७०० कायम गरिएको थियो ।

यस्तै, बुधबार चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर तोलाको ९३५ मा कायम गरिएको महासंघले जनाएको छ ।

गत चैत्र ११ गतेदेखि मुलुकमा ‘लकडाउन’ कायम भएसँगै व्यापार–व्यवसाय बन्द भएपनि महासंघले गत आइतबारदेखि सुनको मूल्य नियमितरुपमा प्रकाशित गर्न थालेको हो ।