
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताउनुभएको छ ।
बिहीबार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजिटल प्रविधिलाई समयसँगै अघि बढाउनु पर्नेमा उहाँको जोड थियो । क्यूआर कोर्ड मार्फत् भूक्तानी गर्दा समयको बचतसँगै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्ति पाइने उहाँको भनाइ छ ।
गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई चाँडै सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले क्यूआर कोर्डको महत्व नेपालको राष्ट्रिय हितको सन्दर्भमा विशेष रहेको बताउँदै सबैले आन्तरिक लाभ लिन सकिने र यसका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहित गरिरहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्