२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


संशोधित मितिमै महाधिवेशन हुन्छ– सुजाता कोइराला

‘राजनीतिमा विचार मिल्नुपर्छ, कोइराला परिवार एक नहुन सक्छ’

0
Shares

चितवन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले शंशोधित मितिमा पार्टीको महाधिवेशन हुने बताउनुभएको छ ।

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले महाधिवेशन समयमै जसरी हुनुपर्ने बताउनुभयो । ‘सभापतिले हुन्छ भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘म उहाँको भनाइमा विश्वस्त छु ।’

आफू कुन पदमा उम्मेदवारी दिने भन्ने अहिलेसम्म टुंगो नलागेको भन्दै कोइरालाले परिस्थितिको मूल्याङ्कन गरिरहेको बताउनुभयो ।

त्यस्तै, उहाँले नेपाली कांग्रेसको आफ्नै सिद्धान्त र इतिहास भएको भन्दै निर्वौचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने स्पष्ट पार्नुभयो । राजनीतिमा विचार मिल्नुपर्ने बताउँदै कोइराला परिवार एक नुहन पनि सक्ने संकेत गर्नुभयो ।