१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रुसमा कोरोना संक्रमण बढेपछि पुनः लकडाउन


0
Shares

एजेन्सी । रुसमा कोरोना संक्रमण दर दिनानु दिन बढेपछि पुनः लकडाउन गरिएको छ ।

कोरोनाबाट एकै दिन ११ सय जनाको मृत्यु भएपछि रुसमा बिहीबारदेखि लागू हुने गरी देशभर १ महिनाको लकडाउन गरिएको हो । लकडाउन अवधिभर औषधि पसल र सुपरमार्केट बाहेक अन्य कुनै पनि व्यवसाय वा व्यापारिक क्षेत्र खोल्न प्रतिबन्ध लगाइएको छ ।

पछिल्लो समय रुस कोरोना महामारीको मारमा परेको छ । दैनिक संक्रमितको संख्या ३० हजार नाघेपछि त्यहाँका अस्पतालहरू कोरोना संक्रमितले खचाखच भरिन थालेका छन् । कोरोनाबाट मृत्यु हुनेहरुमा दोश्रो डोज खोप लगाएकाहरू रहेका छन् ।

यसअघि रुसले सेन्ट पिटर्सबर्गसहित मूख्य शहरहरूका पसलहरू मात्रै बन्द गर्ने घोषणा गरेकोमा संक्रमण ह्वात्तै बढेपछि देशव्यापी लकडाउन गरिएको हो । रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८३ लाख ५२ हजार ६ सय नाघेको छ ।