
काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन सेयर बजारमा दोेहोरो अंकको सुधार आएको छ ।
बुधबार पनि दोहोरो अंकले बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार १८ अंकले बढेर २ हजार ७ सय ८२ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरूको बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले बढ्दै ५ सय २० अंकमा पुगेको छ ।
यस दिन कारोबार रकममा भने गिरावट आएको छ । बुधबार साढे ६ अर्ब बढीको कारोबार भएकोमा बिहीबार ५ अर्ब ३९ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन कारोबार भएका उपसूचक मध्ये माइक्रोफाइनान्स सबैभन्दा बढी १ सय ३० अंकले बढ्दा जीवन बीमा समूहको उप सूचक ८७ अंकले ओरालो लागेको छ ।
विकास बैंक, हाइड्रो पावर, फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स, लगानी र अन्य समूहका उपसूचक हरियो हुँदा बैंकिङ, व्यापार, होटल तथा पर्यटन, उत्पादन, जीवन बीमा र म्यूचल फन्डका उपसूचकहरु राताम्मे भएका छन् ।
बिहीबार रिदी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्