
काठमाडौं । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आगामी चैतसम्म सबै नागरिकलाई खोपको दायरामा ल्याउन समस्या नहुने बताउनुभएको छ ।
२ करोड डोज खोप पाइप लाइनमा रहेको भन्दै उहाँले चैतसम्म सबैलाई खोप लगाउने विषयमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयमा बिहीबार पत्रकारहरूसँग भएको छलफलमा मन्त्री खतिवडाले १ करोड डोज मोर्डना र फाइजरको खोप अबको केही दिनमा आउने दावीसमेत गर्नुभयो ।
चीनबाट थप एक करोड डोज खोप आउने भन्दै उहाँले चीन र भारतले परीक्षण गरिरहेको खोप मान्यता प्राप्त भएपछि ल्याएर बालबालिकालाई लगाइने बताउनुभयो ।
नेपालमा हालसम्म २२ दशमलव ५ प्रतिशत नागरिकले मात्रै दुवै डोज खोप लगाएका छन् भने ३४ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले औषधी व्यवस्थापन विभागले बढाएको विदेशी औषधिको मूल्यको छानविन गर्न स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई निर्देशन दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्