
काठमाडौं । मिस युनिभर्स २०२१ को मुख्य प्रायोजन अन्तर्राष्ट्रिय प्रशोधन कम्पनी ओरिफ्लेमले गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा पूर्व मिस युनिभर्स नेपाल सुभेक्षा खड्काले यसवर्षको मिस युनिभर्स नेपालको प्रायोजन ओरिफ्लेमले गर्ने घोषणा गरेकी हुन् ।
मिस युनिभर्स नेपालको सेमिफाइनलमा १६ प्रतिस्पर्धी छन् । प्रतिस्पर्धीमध्ये विजेताले नेपालको तर्फबाट डिसेम्बर १२ मा इजरायलमा हुने मिस युनिभर्स वल्र्डमा प्रतिस्पर्धा गर्ने निर्देशक नग्मा श्रेष्ठले बताइन् ।
मिस युनिभर्स नेपाल २०२१ को अन्तिम प्रतिस्पर्धा आगामी शनिबार काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्