२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भीमबहादुरको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

आतंकवादीहरूको संरक्षण राज्यले नै गरेको डा. भट्टराईको आरोप

0
Shares

काठमाडौं । चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जसपा दलित मुक्ति संगठनको संयुक्त आयोजनामा विश्वकर्माको न्यायको लागि माइतिघरमा खबरदारी ¥याली निकालिएको छ ।

¥यालीमा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई लगायतका नेता, कार्यकर्ताहरूको उपस्थिति थियो । चितवनमा असोज २८ गते आपसी विवादमा भएको कूटपीटपछि विश्वकर्माको मृत्यु भएको थियो ।

¥यालीलाई सम्बोधन गर्दै जसपाका नेता तथा अभियन्ताहरूले नेपालमा कुनै पनि प्रकारको आतंकवाद सह्य नहुने भन्दै यसप्रकारका आतंककारीहरूलाई राज्यले संरक्षण गरेको आरोप लगाउनुभयो ।

उनीहरूले संविधानमा लेखिएको अधिकारका कुरा सुनिश्चित हुनुपर्ने र दलित समुदायले न्याय पाउनुपर्ने बताएका छन् । विश्वकर्मालाई सांस्कृतिक शहीद घोषणा गर्न माग पनि गरिएको छ ।