२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्पेनी संसदीय टोली नेपाल भ्रमण, कार्यकारी र संवैधानिक अंगका प्रमुखसँग भेट गर्ने


0
Shares

काठमाडौं । नेपाल भ्रमणमा आएको स्पेनको एक्सट्रिमादुरा प्रदेशका सभामुख ब्लान्का मार्टिन डेलगाडोसहितको २५ सदस्यीय टोलीले ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेको छ ।

प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरू सहभागी छन् । भ्रमण टोलीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गिता सत्यालले स्वागत गर्नुभयो । मेयर महर्जनले यो भ्रमणले नेपालको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

६ दिने भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न दलका शीर्ष नेताहरू, संवैधानिक अंगका पदाधिकारी र मन्त्रीहरूसँग भेट गर्ने कार्यक्रम रहेको बागमती प्रदेश सरकारका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

स्पेनी टोली यही कार्तिक १४ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको अनावरण कार्यक्रममा पनि सहभागी हुने बताइएको छ । ललितपुर महानगरका मेयर महर्जनको निमन्त्रणामा आएको प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्वदेश फर्कने छ ।